नेपाल फर्किने लिस्टमा नाम छ, जहाज चढ्ने टिकट छैन « Khabarhub

नेपाल फर्किने लिस्टमा नाम छ, जहाज चढ्ने टिकट छैन



दोहा— खाडी मुलुकहरूमा रहेका नेपाली दूतावासहरूले कोरोना भाइरस महामारी लगायत अन्य कारणले समस्यामा परेर स्वदेश पठाउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका उडान तालिका सार्वजनिक गरे पनि यहाँ स्थित नेपालीहरूले टिकट पाउनै सकस भएको गुनासो गरेका छन् ।

झण्डै सात महिनादेखि रोजगारी गुमाएर साउदी अरबबाट स्वदेश फर्किने दिनको पर्खाइमा रहेका अर्घाखाँचीका विशाल कार्कीले भने, ‘बल्ल बल्ल दूतावासले सार्वजनिक गरेको लिस्टमा नाम त आयो तर के गर्नु टिकट नै पाइँदैन ।’

टिकट खरिदका लागि ट्राभल एजेन्सीमा पटक पटक बिहानदेखि लाइनमा बसे पनि बेलुका रित्तोहात फर्किनु परेको उनले बताए । आफू बिरामी पनि रहेको उनको भनाइ छ ।

साउदी अरबबाट स्वदेश फर्किन टिकटको खोजीमा भौँतारिएका खोटाङका धनकुमार राईका अनुसार हवाई टिकटको उचित व्यवस्थापन नहुँदा हजारौँ नेपालीहरू निराश बनेका छन् । स्वदेश फर्किन लागेका अधिकांश नेपालीहरू हवाई टिकटका लागि चर्को घाममा लाइन बस्न बाध्य छन् ।

दूतावासहरूले टिकटका लागि सम्बन्धित एयरलाइन्सको ट्राभल्स एजेन्सीसँग सम्पर्क गर्ने भने पनि उचित व्यवस्थापन नभएको धनकुमारको भनाइ छ । कतारमा रहेका नेपालीहरूले पनि टिकट नपाएको गुनासो गरेका छन् । दूतावासले स्वदेश फर्किनै पर्ने भनेर सार्वजनिक गरेको नामावलीमा नाम परेको भए पनि टिकट नपाएको उनीहरूको भनाइ छ ।

स्वदेश फर्किन तयार रहेका नेपालीहरूलाई टिकटको व्यवस्था गर्न समस्या भएको छ । कतै टिकट पाइहाले पनि नेपाल सरकारले तोकेको मूल्यभन्दा चार गुणासम्म बढी लिने गरेका छन् ।

यति बेला स्वदेश फर्किन चाहने नेपाली श्रमिकहरू धेरै भएको तर उडान संख्या कम भएकोले पनि टिकट पाउन सकस भएको दूतावासका अधिकारीहरूले बताउने गरेका छन् ।

खाडीमा कोरोना भाइरसका कारण रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्किन सहजीकरणका लागि नेपाल सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ६ : १० बजे

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न

कांग्रेस संसदीय दलको बैठक बस्दै, को बन्ला दलको नेता ?

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

सन्तान छोडेर तीन दशकदेखि हात्ती स्याहार्दै श्रीनारायण

जंगलको शान्त वातावरण, लहरै बाँधिएका ठूला–ठूला हात्तीको स्याहार सुसारमा बितेका

हर्क साम्पाङ श्रमदानका लागि दार्चुला हिँडे– ‘विदेशी ऋण लिइँदैन, देश आफैँ बनाइन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज