अष्ट्रेलियाले जीत्यो इंग्ल्याण्डविरूद्धको ओडीआई सिरिज | Khabarhub Khabarhub

अष्ट्रेलियाले जीत्यो इंग्ल्याण्डविरूद्धको ओडीआई सिरिज


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  इंग्ल्याण्डविरूद्धको तीन खेलको ओडीआई सिरिज अष्ट्रेलियाले जीतेको छ ।

विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा निर्णायक ओडीआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिज २-१ ले जीतेको छ ।

इंग्ल्याण्डले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा दिएको ३०३ रनको विशाल विजयी लक्ष्य अष्ट्रेलियाले २ वल बाँकी रहँदै ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अष्ट्रेलियाका लागि एलेक्स केरी ७ चौका र २ छक्काको मद्दतमा ११४ रनको योगदान दिदा ग्लेन मेक्सवेलले सर्वाधिक १०८ रन बनाए । उनले ९० बलमा ७ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यसअघि टस जीतेर पहिले ब्याटिङ गरेको इंग्लाण्डले इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोको सतक मद्दतमा ३०२ रन बनाएको थियो ।

बेयरस्टोकले १ सय २६ बलमा १२ चौका र २ छक्का सहित १ सय १२ रनको योगदान दिए पनि टिमलाई जीताउन सकेनन् ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ५६ बजे

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई