चन्द्रागिरि केवलकार आजदेखि सञ्चालन हुँदै « Khabarhub

चन्द्रागिरि केवलकार आजदेखि सञ्चालन हुँदै


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ ।

लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकारलाई स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागिएको हो ।

चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरेको जानकारी दिए ।

‘यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, मास्क, स्यानिटाइजर र पञ्जाको अनिवार्य व्यवस्था गरी प्रत्येक केबलकारमा आधा मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेका छौँ’, उनले भने ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ८ : १२ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी