विश्वभर ३ करोडभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर ३ करोडभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर ३ करोडभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ४६५ जनामा संक्रमण पुष्टि भएसँगै बिहीबार बिहान विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३० हजार ८३९ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार २२० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ४५ हजार ५१ पुगेको छ ।

एकै दिन २ लाख ६१ हजार ७०७ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका बिहीबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १७ लाख ९७ हजार ९१८ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७२ प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १४ हजार २३५ जनाको मृत्यु भएको छ । ४२ लाख १८ हजार ९६२ जना संक्रमित भएकोमा २२ लाख ८२ हजार ३१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९४ हजार ५५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८१ लाख ३७ हजार २५० पुगेको छ । त्यसमध्ये ५० लाख ३७ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ६९ हजार ८९२ जनाको मृत्यु भएको छ । ८९ लाख ७१ हजार १७१ जना संक्रमित भएकोमा ७२ लाख ७५ हजार ८५५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३२ हजार ६८२ जनाको मृत्यु भएको छ । ७२ लाख ९२ हजार ३०० जना संक्रमित भएकोमा ६० लाख ४४ हजार ६१६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३३ हजार ३०५ जनाको ज्यान गएको छ भने १३ लाख ८० हजार १४१ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ३१ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८६७ जनाको मृत्यु भएको छ । ३० हजार २९४ जना संक्रमित भएकोमा २६ हजार ३८७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ५ : ५० बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा