संवैधानिक आयोगका पदाधिकारी टुंग्याउन ओली-दाहाल-देउवा छलफलमा जुट्दै | Khabarhub Khabarhub

संवैधानिक आयोगका पदाधिकारी टुंग्याउन ओली-दाहाल-देउवा छलफलमा जुट्दै


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति  प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मुख्य बिपक्षी दल कांग्रेस सभापति शेर बहादुर देउवा आज छलफलमा बस्दैछन् ।

प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष दाहालबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने समझदारी भए बोमजिम आज देउवासहितको छलफल हुन लागेको हो।

तर, अहिलेसम्म छलफलको समय तय भइनसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

लामो समयदेखि संवैधानिक आयोगका पदाधिकारी रिक्त भएपछि संवैधानिक परिषद्को बैठक बस्नअघि आज देउवासहित बैठक बसेर रिक्त पदमा क-कसलाई नियुक्ति गर्ने भन्ने समझदारीको प्रयास हुन लागेको हो ।

१३ संवैधानिक निकायमध्ये ११ वटामा ४८ पदाधिकारी रिक्त छन् । संवैधानिक आयोगहरुमा आदिवासी जनजाति आयोग, महिला आयोग र दलित आयोगमा ५/५ जना पदाधिकारीहरु नियुक्त हुन बाँकी छ ।

संवैधानिक परिषदको बैठक नबस्दा भाषा आयोगमा ६ पदाधिकारी , मुस्लिम आयोग, थारु आयोग, मधेसी आयोग, समावेसी आयोग र वित्त आयोगमा ४/४ जना पदाधिकारी पनि नियुक्त हुन सकेका छैनन् ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित ३ जना र निर्वाचन आयोगका दुई आयुक्त नियुक्त हुन बाँकी छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १० : ३२ बजे

आजका समाचार: चुनाव लड्ने विप्लवको निर्णयदेखि कर्णालीमा सरकार विस्तारसम्म

समितिमा अड्किएका विधेयकहरू आगामी अधिवेशनअघि पारित गरौँ सभामुख देवराज घिमिरेले

सप्तरीको चिम्टीमा भीषण आगलागी

राजविराज– सप्तरीको महादेवा गाउँपालिकामा  आज भीषण आगलागी भएको छ ।

कुवेतमा संखुवासभा समाज गठन

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता

आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ

उर्लाबारी– मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक

जाँगरिली दिलकुमारी : मकै पोलेको कमाइले छोरी युरोप पठाइन्

सिन्धुलीकी दिलकुमारी माझी (४५) ले मकै काठमाडौंमा मकै पोल्न थालेको