पशुपतिबाट यसरी समापन गरियो पितृ पक्ष (फोटो फिचर) « Khabarhub

पशुपतिबाट यसरी समापन गरियो पितृ पक्ष (फोटो फिचर)


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गरिँदैछ ।

आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो ।

आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामहको श्राद्ध भने यस वर्ष मलमासका कारण कार्तिक १ गते परेको छ ।

पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंवगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध समेत भनिन्छ ।

यस वर्ष भदौ १७ गतेदेखि शुरु भएको पितृ पक्ष आज असोज १ गते विधिवत् समापन गरिँदै छ । पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ ।

कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ११ : ४८ बजे

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ