देउवाको सचिवालयका एक जनामा कोरोना पुष्टि « Khabarhub

देउवाको सचिवालयका एक जनामा कोरोना पुष्टि


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि देउवाले सबै औपचारिक भेटघाट स्थगित गरेका छन् ।

संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हुने छलफलका लागि देउवा बालुवाटार जाने भनिए पनि अहिले स्थगित गरिएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष दाहालबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने समझदारी भए बोमजिम आज देउवासहितको छलफल हुने तय भएको थियो ।

सभापति देउवाले भोलि कोरोनाको परीक्षण गराउने स्वकीय सचिव देउवाले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १२ : ४५ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्