नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गरेको छः परराष्ट्रमन्त्री « Khabarhub

नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गरेको छः परराष्ट्रमन्त्री


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड –१९ विरुद्धको लडाइँमा प्रत्येक नागरिक अग्रमोर्चाका सिपाही भएको बताएका छन् ।

सदरमुकाम तम्घासमा आज कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यो लडाइँ हतियार, गोलाबारुद र पैसाले लड्न सक्ने नभएकाले सबै नागरिक सतर्क, सचेत र जागरुक भए जित्न सकिने बताए ।

स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर कोभिडका कारण कमजोर भएको अर्थतन्त्रलाई लयमा फर्काउन सरकार लागिपरेको जानकारी दिँदै उनले कोभिडका कारण विदेशबाट फर्किएका नागरिकलाई रोजगारी प्रदान गर्नेतर्फ सरकारको ध्यान गएको बताए ।

मन्त्री ज्ञवालीले सरकारले सात प्रतिशतका दरले आर्थिक वृद्धिदर एवं साढे एक प्रतिशतका दरले गरीबी घटाउँदै गएको र नेपालले सबै सूचकाङ्कमा महत्वपूर्ण सफलता हासिल गर्दै गएको बताए ।

दुई महिनाअघि परराष्ट्रमन्त्री ज्ञवालीका पहलमा हिमालय एयरलायन्सले गुल्मीमा निःशुल्क पीसीआर मेशिन उपलब्ध गराएको थियो । उक्त यन्त्रमा आन्तरिक समस्या आएका कारण गत महिना फिर्ता पठाइएपछि पुनःअर्को ल्याइएको हो ।

रेसुङ्गा नगरपालिकाको व्यवस्थापकीय सहयोगमा पीसीआर मेशिन यसै सातादेखि सञ्चालनमा आउने गुल्मी अस्पतालका डा उत्तम पाच्यले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ४ : २७ बजे

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

नेपाल–भारत ऊर्जा बैठक : विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं – नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने