फिफा वरियतामा नेपाल यथावत, बेल्जियम शीर्ष स्थानमा « Khabarhub

फिफा वरियतामा नेपाल यथावत, बेल्जियम शीर्ष स्थानमा


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत स्थानमा रहेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा आज जारी नयाँ वरियतामा नेपाल १७०औं स्थानमा यथावत रहेको हो। गत महिना पनि नेपाल १७०औं स्थानमै रहेको थियो।

त्यस्तै नेपाल दक्षिण एशियाली राष्ट्रको तेस्रो स्थानमा छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स छन्। एक स्थान घटुवा भएको भारत १०९औं स्थानमा छ भने माल्दिभ्स १५५औं स्थानमा छ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान छन्। भुटान १८९औं, बङ्गलादेश १८७औं, श्रीलङ्का २०६औं र पाकिस्तान २००औं स्थानमा छन्।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा छन्।

पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो।

एक स्थान झरेको उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएशिया आठौँ, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौँ स्थानमा रहेका छन्।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ६ : ११ बजे

ट्रम्पको एउटै ‘पोस्ट’ ले हल्लायो तेल बजार

लन्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ऊर्जा पूर्वाधारमा हुने

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल