४ लाख ६५ हजार नक्कली नोट बरामद « Khabarhub

४ लाख ६५ हजार नक्कली नोट बरामद


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- प्रहरीले ललितपुरको ताल्छीखेलबाट नक्कली नोट बरामद भएको छ ।

ललितपुर महानगरपालिका–१४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद भएको ललितपुर प्रहरीले जनाएको हो ।

ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार खरिद गर्ने क्रममा नक्कली नोट दिएर फरार भएको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले सो नक्कली नोट बरामद गरेको हो ।

सुन पसलेका अनुसार बिल समेत नलिई उनीहरु फरार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ गड्डीमा ४६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १/१ थान सक्कली नोट बरामद भएको हो ।

नक्कली नोट दिएर फरार भएकाहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ६ : ५२ बजे

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्