काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुई-तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन् ।
आज भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसीयु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताएका हुन् ।
“मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ”, उनले भिडियो सन्देशमा भनेका छन् ।
कोरोना भाइरस (कोेभिड १९)को सङ्क्रमण देखिएपछि उनी गत मंगलबार अस्पताल भर्ना भएका थिए ।
होम आइसोलेसनमा रहेका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।
महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उनको भिडियो सन्देश जारी गरेको हो ।
प्रतिक्रिया