प्रजातन्त्रको सौन्दर्य भनेको फरक विचार पनि हो : अध्यक्ष थापा « Khabarhub

प्रजातन्त्रको सौन्दर्य भनेको फरक विचार पनि हो : अध्यक्ष थापा


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्रलाई अझ सुदृढ बनाउन फरक विचार बोक्ने शक्ति पनि बलियो हुन आवश्यक रहेको बताएका छन्  ।

उनले भने “प्रजातन्त्रको सौन्दर्य फरक विचार हो । यसैले प्रजातन्त्रलाई बलियो बनाउन फरक विचार बोक्ने शक्ति बलियो हुन जरुरी छ ।”

पार्टीका जिल्ला अध्यक्षसँग आज भएको भर्चुअल अन्तरक्रियामा उनले पार्टीलाई शसक्त राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिमा रुपान्तरण गर्ने बताए ।

उनले पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गरिरहेका छन् ।

केही दिन अघि केन्द्रीय सदस्यहरुसँग  उनले छलफल गरेका थिए ।

अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरीक अवस्था एवम् भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा बैठकमा सहभागी अध्यक्षलाई जानकारी गराएको पार्टीद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा ५१ जिल्लाका अध्यक्ष सहभागी भएको केन्द्रीय सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ७ : ४२ बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार