संविधान दिवसमा विभूषण पाउने व्यक्तिहरुको नाम सिफारिस « Khabarhub

संविधान दिवसमा विभूषण पाउने व्यक्तिहरुको नाम सिफारिस


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संविधान दिवसका अवसरमा विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभिन्न विधामा विभूषण पाउने ५ सय ९० व्यक्तिको नाम सिफारिस गरेको एक मन्त्रीले बताए।

‘आजको मन्त्रिपरिषदमा अरु एजेण्डा केही पनि थिएन। विभूषण पाउने व्यक्तिहरूको नाम सिफारिस गरिएको हो,’ती मन्त्रीले भने,’विभिन्न विधामा गरी ५ सय ९० को हाराहरीमा विभूषण पाउने व्यक्तिको नाम सिफारिस भएको छ।’

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वको विभूषण सिफारिस समितिको प्रस्तावको आधारमा मन्त्रिपरिषदले मानपदवीको निर्णय गरेको हो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले पदक घोषणा गर्ने प्रावधान छ।

गत वर्ष सरकारले संविधान दिवस(असोज ३) का दिन विभिन्न क्षेत्रका ६ सय ३४ जनालाई विभिन्न सम्मान र पदक दिने घोषणा गरेको थियो।

यसपटक सिफारिस गरिएका व्यक्तिले अर्को वर्षको संविधान दिवसका दिन विभूषण पाउनेछन्।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ८ : ०१ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै