हालसम्म विदेशमा समस्या परेका ६७ हजार बढी नेपाली स्वदेश फर्किए « Khabarhub

हालसम्म विदेशमा समस्या परेका ६७ हजार बढी नेपाली स्वदेश फर्किए


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले नियमित तथा ‘उद्धार उडान’मार्फत हालसम्म ६७ हजार बढीको उद्धार गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार भदौ अन्तिमसम्म ६६ हजार ३१९ नेपाली स्वदेश फर्किएका छन् । यस्तै असोज १ गते थप ९०१ जनासहित कुल ६७ हजार २२० स्वदेश फर्किएका छन् ।

सीसीएमसीका अनुसार आजमात्रै साउदी अरबबाट १५५ नेपाली स्वदेश फर्किएका छन् भने २ शव समेत ल्याइएको छ।

यस्तै चीनबाट ५०, मलेसियाबाट १४४, कतारबाट १८६, स्टान्बुलबाट २२५ र दुबईबाट १४१ जना स्वदेश फर्किएका हुन् ।

यसअघि भदौ ३१ सम्मको अवधिमा विभिन्न ३० देशमध्ये सबैभन्दा धेरै युएईबाट १८ हजार ७९६ जना स्वदेश फर्किएका छन् ।

यस्तै कतारबाट ८ हजार ७४२, कुवेतबाट ७ हजार ५१७, मलेसियाबाट १० हजार ३२३, साउदीबाट ९ हजार ६१९ जना फकिएका छन् ।

यस्तै अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, ओमान बहराइन लगायतका देशबाट पनि उल्लेख्य संख्यामा नेपाली स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ९ : ०६ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व