पहिरोले नाजिङमा एक घर बगायो, चार जोखिममा « Khabarhub

पहिरोले नाजिङमा एक घर बगायो, चार जोखिममा


१ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- वर्षा सहितको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नाजिङमा एक घर बगाएको छ भने चार घर जोखिममा परेका छन् ।

पहिरोको कारण स्थानीय जीत कुविर राईको ढुङ्गा माटोले बनेको दुई तले घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नाल जानकारी दिए ।

पाँच जनाको परिवार बस्दै आएको घरमा आज विहान पहिरो जाँदा भागेर ज्यान बचाउन सफल भएको राईले बताए ।

पहिरोका कारण स्थानीय जसविर राई, हर्कजित राई, भीमकुविर राई र रामकुमार राईको घर समेत उच्च जोखिममा परेको छन् ।

यसैबीच खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं १ खरिखोलाको जौँबारी टोलका पहिरो पीडित र विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

वडाध्यक्ष ङिमादोर्जी शेर्पाको पहलमा पासाङ ल्हामु फाउण्डेसनले नगद सहयोग गरेको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिए ।

जौँबारीका सात पहिरो पीडित र अन्य १३ परिवारलाई जनही ४ हजार ६४० वितरण गरिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ९ : ३९ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको