मन्त्री ढकालद्वारा प्युठानमा स्वास्थ्य सामग्री प्रदान « Khabarhub

मन्त्री ढकालद्वारा प्युठानमा स्वास्थ्य सामग्री प्रदान


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड –१९ को रोकथाम र नियन्त्रणका लागि प्युठान जिल्लाका लागि स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्युठान नगरपालिका प्रमुख अर्जुनबहादुर कक्षपति तथा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रका डा राजेन्द्र पौडेललाई पाँच थान भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

पाँच भेन्टिलेटरमध्ये दुई प्युठान जिल्ला अस्पताल, दुई भिङ्ग्री प्राथमिक केन्द्र र एक खलङ्गा प्राथमिक स्वास्थ्य केन्द्रका लागि प्रदान गरिएको हो । प्रदान गरिएका अन्य स्वास्थ्य सामग्रीमा तीन हजार सर्जिकल मास्क, २७० थान एन ९५ मास्क, १० थान थर्मल गन र एक हजार थान पञ्जालगायत छन् ।

सो अवसरमा मन्त्री ढकालले कोभिड १९ को लडाइँमा सवब एकजुट हुनुपर्ने बताउनुभयो । प्युठानमा अहिलेसम्म कोभिड –१९ को उपचारका लागि भेन्टिलेटर थिएन ।

यस्तै मन्त्री ढकालले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा पाँच, दमक अस्पतालमा तीन, इलाम जिल्ला अस्पतालमा दुई र तेह्रथुम जिल्ला अस्पतालमा जडान एक थान भेन्टिलेटर हस्तान्तरण गरे ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  १० : १४ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को