सप्तरीमा ३७ प्रहरीसहित ५३ जनामा कोरोना भाइरसको संक्रमण  « Khabarhub

सप्तरीमा ३७ प्रहरीसहित ५३ जनामा कोरोना भाइरसको संक्रमण 


१ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरीसहित ५३ जना आज सङ्क्रमित भएका छन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणअनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३७ प्रहरी र सोही कार्यालयमा सरसफाई गर्ने राजविराज नगरपालिका–६ का १९ वर्षीय पुरुष सङ्क्रमित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार दुई प्रहरी निरीक्षक, तीन प्रहरी नायब निरीक्षक, चार प्रहरी सहायक निरीक्षक, चार हवल्दार र अन्य प्रहरी सङ्क्रमित भएका हुन् । सोमा दुई महिला प्रहरी छन् ।

यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ३५ वर्षीय चिकित्सक, राजविराज–३ का ४५ वर्षीय अभिवक्ता, भिम दल गणका ३७ वर्षीय पुरुषसमेत सङ्क्रमित भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले बताउनुभयो । तिरहुत गाउँपालिका–२ का २९ वर्षीय, राजविराज– ११ का १५, १८ र ३५ वर्षीय पुरुषमा समेत सङ्क्रमण देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा कञ्चनरुप नगरपालिका–६ की पाँच र २५ वर्षीया, वडा नं ८ की ३३ वर्षीया र वडा नं ९ की २७ र ४१ वर्षीया महिला तथा विष्णुपुर गाउँपालिकाका ४५ वर्षीय पुरुष सङ्क्रमित भएका छन् ।

यी छ जनाको बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा पिसीआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय कञ्चनरुपका सिनियर अहेव डम्बर गुप्ताले जानकारी दिए ।

यस्तै कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महादेवा गाउँपालिकाका ११ वर्षीय र सुरुङ्गा नगरपालिका–२ का ४० वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । जिल्लामा आज  ५३ जना सङ्क्रमित थपिएसँगै एक हजार १४३ जना सङ्क्रमित पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसमा १९९ महिला र ९४४ पुरुष छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार सङ्क्रमितमध्ये १११ महिला र ६३९ पुरुष निको भएर घर फर्किएका छन् । सङ्क्रमण पुष्टि भएका एक महिला र आठ पुरुषको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार  ९ : ४७ बजे

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा