स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य « Khabarhub

स्याङ्जा प्रवेशमा पिसिआर रिपोर्ट अनिवार्य


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए ।

उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो ।

‘जिल्ला प्रवेश गर्दा अनिवार्यरुपमा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ’, प्रजिअ बस्नेतले भने ।

जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाई गर्ने निर्णय गरेको प्रजिअ बस्नेतले बताए ।

स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरु अपनाउन आग्रह गरेको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस स्याङ्जाले संयुक्त विज्ञप्ति निकालेर जिल्लामा सभा, सम्मेलन, भेला तथा औपचारिक कार्यक्रम नगर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : १५ बजे

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका

इङ्ग्ल्यान्डको बराबरीमा टिभी केबलले भूमिका खेलेको भन्दै नर्वेका प्रशिक्षक रूष्ट

ओस्लो- नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई