गाउँपालिकालाई बारूण यन्त्र र प्रहरी चौकीलाई भेन « Khabarhub

गाउँपालिकालाई बारूण यन्त्र र प्रहरी चौकीलाई भेन


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ सरकारले कानेपोखरी गाउँपालिकालाई बारूण यन्त्र र प्रहरी चौकीलाई भेन उपलब्ध गराएको छ ।

प्रदेश सरकारले उपलब्ध गराएको प्रहरी भेन गाउँपालिकाका  अध्यक्ष ताराबहादुर काफ्लेले रमाइलो प्रहरी चौकीका असई लाक्पा शेर्पालाई हस्तान्तरण गरे ।

भेनको इन्धन र मर्मत खर्च सबै गाउँपालिकाले गर्ने बताउँदै काफ्लेले दुरुपयोग नगरी काम गर्न प्रहरीलाई आग्रह गरे ।

प्रहरीलाई प्रदेश १–२, ००१ झ ०७२४ नम्बरको ५७ लाख ११ हजार ५ सय पर्ने टाटा कम्पनीको प्रहरी भेनको चाबी र ब्लुबुक उनले हस्तान्तरण गरेका थिए । प्रहरी चौकीमा अहिले १ जना असई, २ जना हवल्दार र ५ जना प्रहरी जवान रहेको छ ।

यस्तै प्रदेश सरकारले गाउँपालिकालाई बारण यन्त्र पनि उपलब्ध गराएको छ । आगलागीका घटना बढी हुने गरे पनि कानेपोखरीमा बारूणयन्त्र नहुँदा समस्या हुँदै आएको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ९ : ३५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को