राष्ट्रपति र प्रधानमन्त्रीले पनि यो वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने | Khabarhub Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीले पनि यो वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— यस वर्षको दशैंमा राष्ट्रपति र प्रधानमन्त्री लगायतले  सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलने उच्च जोखिमका कारण सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका नलगाइदिने भएका हुन् ।

विगतका वर्षहरुमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले समेत दुई/तीन दिनसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने गरिन्थ्यो । यस वर्षको दशैं शनिबारबाट सुरुवात भइसकेको छ । टीका लगाउने दिन कात्तिक १० गते परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो दशैंको टीका लगाउने कार्यक्रम नराखिएको बताए ।

उनले आधिकारीक रूपमा यसबारे केही दिनमै जानकारी दिइने बताए । ‘यसपालीको दशैंमा पहिलाको जस्तो राष्ट्रपतिबाट टीका लगाइदिने कार्यक्रम कम छ । टीका लगाइदिनका लागि सार्वजनिक आह्वान हुने सम्भावना कम छ । यसबारे थप कुरा २-४ दिनभित्रै विज्ञप्ति जारी गरेर जानकारी दिइनेछ,’ उनले भने ।

विगतका वर्षहरूमा राष्ट्रपतिले उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुखहरू लगायत उच्च पदस्थ व्यक्तिहरूलाई दशैंको टीका लगाइदिने गरिन्थ्यो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको बताइएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीहरूका अनुसार कोरोनाका कारण यसपटक त्यस्ता कार्यक्रम राखिएको छैन ।

विगतका वर्षहरूमा प्रधानमन्त्री ओलीले तीन दिनसम्म पनि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने गरेका थिए ।

प्रधानमन्त्रीका सल्लाहकारहरू र स्वकीय सचिवालयमा रहेका व्यक्ति तथा सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण भएसँगै बालुवाटारमा थप स्वास्थ्य सतर्कता अपनाइएको छ ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यसपटक सर्वसाधारणलाई दशैंको टीका लगाउने कार्यक्रम रद्द भएको जानकारी दिएका छन् ।

शाहका तर्फबाट जारी विज्ञप्तिमा दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नरहेको उल्लेख गरिएको छ ।

यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने र विजया दशमीका दिन टीका लगाइदिने कार्यक्रम नहुने विज्ञप्तिमा लेखिएको छ ।

यो पनि पढौं

पूर्वराजाले यसपालि सर्वसाधारणलाई टीका नलगाउने

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : ४७ बजे

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु