राष्ट्रपति र प्रधानमन्त्रीले पनि यो वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने « Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीले पनि यो वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— यस वर्षको दशैंमा राष्ट्रपति र प्रधानमन्त्री लगायतले  सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

कोरोना भाइरस (कोभिड १९) संक्रमण फैलने उच्च जोखिमका कारण सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्रीलगायतले टीका नलगाइदिने भएका हुन् ।

विगतका वर्षहरुमा राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले समेत दुई/तीन दिनसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने गरिन्थ्यो । यस वर्षको दशैं शनिबारबाट सुरुवात भइसकेको छ । टीका लगाउने दिन कात्तिक १० गते परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले विगतको जस्तो दशैंको टीका लगाउने कार्यक्रम नराखिएको बताए ।

उनले आधिकारीक रूपमा यसबारे केही दिनमै जानकारी दिइने बताए । ‘यसपालीको दशैंमा पहिलाको जस्तो राष्ट्रपतिबाट टीका लगाइदिने कार्यक्रम कम छ । टीका लगाइदिनका लागि सार्वजनिक आह्वान हुने सम्भावना कम छ । यसबारे थप कुरा २-४ दिनभित्रै विज्ञप्ति जारी गरेर जानकारी दिइनेछ,’ उनले भने ।

विगतका वर्षहरूमा राष्ट्रपतिले उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, सुरक्षानिकायका प्रमुखहरू, संवैधानिक आयोगका प्रमुखहरू लगायत उच्च पदस्थ व्यक्तिहरूलाई दशैंको टीका लगाइदिने गरिन्थ्यो ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस पटकको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नरहेको बताइएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयका अधिकारीहरूका अनुसार कोरोनाका कारण यसपटक त्यस्ता कार्यक्रम राखिएको छैन ।

विगतका वर्षहरूमा प्रधानमन्त्री ओलीले तीन दिनसम्म पनि सर्वसाधारणलाई दशैंको टीका लगाइदिने गरेका थिए ।

प्रधानमन्त्रीका सल्लाहकारहरू र स्वकीय सचिवालयमा रहेका व्यक्ति तथा सुरक्षाकर्मीहरूमा कोरोना संक्रमण भएसँगै बालुवाटारमा थप स्वास्थ्य सतर्कता अपनाइएको छ ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यसपटक सर्वसाधारणलाई दशैंको टीका लगाउने कार्यक्रम रद्द भएको जानकारी दिएका छन् ।

शाहका तर्फबाट जारी विज्ञप्तिमा दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम नरहेको उल्लेख गरिएको छ ।

यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने र विजया दशमीका दिन टीका लगाइदिने कार्यक्रम नहुने विज्ञप्तिमा लेखिएको छ ।

यो पनि पढौं

पूर्वराजाले यसपालि सर्वसाधारणलाई टीका नलगाउने

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : ४७ बजे

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ

हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत

काठमाडौं- नेपाल प्रहरीका एकजना बहालवाला हवल्दार नै राष्ट्रिय स्वतन्त्र पार्टीको

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन

फेरि समातिए दुर्गा प्रसाईं

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक

कांग्रेस सभापति बनेपछि गगन पहिलोपटक पोखरामा, मुख्यमन्त्री पाण्डेले गरे स्वागत

गण्डकी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा आएका छन् ।