सांसद तथा मन्त्रीलाई दशैं भत्ता नबाँड : विवेकशील नेपाली | Khabarhub Khabarhub

सांसद तथा मन्त्रीलाई दशैं भत्ता नबाँड : विवेकशील नेपाली


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विवेकशील नेपाली दलले बागमती प्रदेश सरकारलाई प्रदेश सभाका सांसद तथा प्रदेश सरकारका मन्त्रीहरूलाई दशैं भत्ता नबाँड्न आग्रह गरेको छ।

कोरोना महामारीको समयमा दिन अनुकूल नभएकाले यदि रकम बाँडेको भए पनि फिर्ता गर्न दलले आग्रह गरेको हो।

आम सर्वसाधारण नागरिकहरू रोग र भोकले तड्पिरहेको बेलामा सांसद, मन्त्रीहरूले दसैं खर्च लिनु अनुचित कार्य रहेको दलको जनाएको छ ।

‘हामी उक्त कार्य अविलम्ब रोक्न र खातामा पठाइएको दशैं खर्च फिर्ता गरी कोभिड कोषमा दाखिला गर्न संघ एवं सबै प्रदेश सरकारहरुको ध्यानाकर्षण गर्दछौं’, दलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेशमा रहेका हाम्रा सांसदहरूले उक्त रकम नलिने र प्राविधिक रूपमा खातामा आइसकेको भए फिर्ता गर्ने व्यहोरासमेत जानकारी गराउँछौं।’

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ७ : ५२ बजे

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ