यो दशैंमा म तपाईंलाई भेट्न आउँदिन, तपाईं पनि मेरोमा नआउनू : वरिष्ठ कलाकार आचार्य « Khabarhub

यो दशैंमा म तपाईंलाई भेट्न आउँदिन, तपाईं पनि मेरोमा नआउनू : वरिष्ठ कलाकार आचार्य


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले कोरोना संक्रमित भइसकेपछिको आफ्नो अनुभव सुनाएका छन्।

उनले शुरुमा कोरोना लाग्नबाट डराउन र लागिसकेपछि नडराउन सुझाव दिएका छन्। यति गर्न सकेमा कोरोनाबाट मुक्त हुन मनोवल बढ्ने उनले बताए।

युवाहरुको समूह गठित कम्पासले कोभिडको आगमन र बहिर्गमनको विषयमा शनिबार गरेको कार्यक्रममा कलाकार आचार्यले कोरोनालाई सामान्य रुपमा नलिन सबैसँग आग्रह गरे ।

‘यो वर्षको दसैंमा टीका थाप्न म कसैको घरमा पनि आउँदिन, तपाईंहरु पनि कोही पनि मेरो परिवारमा नआउनुहोला’, उनले भने, ‘कोरोनाबाट बच्नका लागि हामी आफूले आफूलाई नै मन्दिर सोचौं, आफनो घर नै मन्दिर सोच र आआफ्नै घरमै बसेर दशैं मनाऔँ।’

कोरोना पोजेटिभ रहेका आचार्यले दशैं दशा हुनेतर्फ विशेष सतर्क रहन आग्रह गरे । उनले आफू बच्ने मात्रै होइन, अरुलाई कोरोनाबाट बचाउनु पनि आफ्नो दायित्व सम्झन आग्रह गरेका छन्।

यो वर्षको दशैं बाँच्ने उत्साहको रुपमा लिन उनले सबैसँग आग्रह गरे ।

‘हामी बाँचिराखे दशैं अर्काे वर्ष पनि आउँछ, भगवान हामीसँगै रहन्छन्’, उनले भने, ‘सार्वजनिक सवारीसाधन प्रयोग गरी दसैंमा यताउती नजानु होला, कोरोनासँग जोगिनु अहिलेको प्रमुख काम हो।’

आफूलाई कोरोना लागेको शनिबार १३ दिन भएको उनले बताए।

‘भोलि आइतबार टेष्ट गर्ने योजनामा छ। भोलिको टेस्टबाट म र श्रीमती दुवै कोरोनामुक्त हुने विश्वास छ’, उनले भने ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ८ : ३४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको