कांग्रेस प्रो-इन्डियन पार्टी रहेको चिनियाँ सरकार नियन्त्रित ग्लोबल टाइम्सको आरोप « Khabarhub

कांग्रेस प्रो-इन्डियन पार्टी रहेको चिनियाँ सरकार नियन्त्रित ग्लोबल टाइम्सको आरोप


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले नेपालको भूमि नमिचेको र हुम्लासँग सीमा जोडिएको आफ्नै भूभागमा भवन निर्माण गरिएको दाबी गर्दै नेपाली कांग्रेसलाई प्रो-इण्डियनको संज्ञा दिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्ययन टोली नै पठाएर चीनले सीमा पिल्लर नै नेपालतर्फ २ किलोमिटर भित्र सारेर मिचेको दाबी गरिरहेका बेला चिनियाँ अधिकारीहरुले आफूहरुले नेपाली भूमि नमिचेको दाबी गरेको हुन ।

नयाँ निर्माण गरिएको गाउँ बुराङ्ग काउन्टीको अलिमा रहेको चिनियाँ अधिकारीले दाबी गरेका छन् ।

सो क्षेत्र चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्ने बुराङ्ग काउन्टीका अधिकारीले चिनियाँ पत्रिका ग्लोबल टाइम्ससँग अन्तर्वार्तामा उल्लेख गरेका हुन् ।

बुराङका परराष्ट्र सम्बन्ध निर्देशक बाकीले गएको मे महिनामा भवनहरु निर्माण गर्नुभन्दा पहिला सेनाका अधिकारी, स्थानीय नापी अधिकारी र सर्वेक्षण अधिकारीले विस्तृत रुपमा अध्ययन तथा सर्वेक्षण गरेको बताएका छन् ।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्ससँग बुराङका काउन्टीका विदेशी मामिला निर्देशक बाकीले चीनले सीमाभन्दा एक किलोमिटर उत्तरतर्फ नै भवन निर्माण गरेको बताएका हुन्।

नेपाली पक्षबाट सीमा यकिनमा केही कमजोरी भएको हुन सक्ने चिनियाँ पक्षको दाबी छ ।

नेपाल सरकारले चीनबाट भूमि नमिचिएको बताए पनि हुम्लाका स्थानीय बासिन्दाले चीनले भवन बनाएको क्षेत्र नेपालकै रहेको बताउँदै आएका छन् ।

परराष्ट्रमन्त्रालयले चीनले सीमा नमिचेको जनाएपछि सरकारले हतारमा बोलेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले यसको अध्ययन गर्न आफ्नै टोली पनि पठाएको थियो।

पूर्वमन्त्री तथा कांग्रेस नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले स्थलगत अध्ययनपछि चीनले २ किलोमिटरसम्म भित्र छिरेर नेपाली भूमिमा भवन बनाएको प्रतिवेदन दिएको थियो।

कांग्रेस प्रो-इन्डियन

नेपाली भूमि मिचिएको भन्ने विषयमा चीनले नेपालको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई प्रो-इण्डियनको संज्ञा दिएको छ।

बाकीसँगको कुराकानीका क्रममा ग्लोबल टाइम्सले नेपालको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलाई प्रो-इन्डियनको संज्ञा दिएको हो।

‘चीनसँग सीमा विवाद भएको भनेर दावी गरिरहेको नेपाली कांग्रेस प्रो-इण्डियन दल देखियो’, ग्लोबल टाइम्सले भनेको छ, ‘भारतीय मिडियाले चीनसँगको सीमा विवादलाई अनावश्यक उचालिरहेका छन्।’

उसले भारतले मिचेको भूमि फिर्ता गराउने नेपालको अभियानलाई पनि चीनतर्फ जोडेर कमजोर बनाउन खोजिएको हुन सक्ने पनि उल्लेख गरेको छ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १० : ०५ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल