अमेरिकामा थप १ लाख ६२ हजारमा संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा थप १ लाख ६२ हजारमा संक्रमण


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ ।

त्यहाँ १५ दिनयता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिने क्रम अझै रोकिएको छैन ।

शनिबार अहिलेसम्मकै धेरै १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको अमेरिकामा आज मंगलबार पनि १ लाख ६२ हजार १४९ संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १५ लाख ३८ हजार ५७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७० लाख १९ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४२ लाख ६६ हजार १०२ जनामध्ये २१ हजार १८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५२ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ७३९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ६५१ पुगेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ८ : २७ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री