भारतमा कोरोनाले पछिल्लो २४ घण्टामा ४४९ को मृत्यु « Khabarhub

भारतमा कोरोनाले पछिल्लो २४ घण्टामा ४४९ को मृत्यु


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४४९ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ३० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ३० हजार ५१९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९ हजार १६४ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ८८ लाख ७४ हजार २९१ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ८२ लाख ९० हजार ३७१ जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ४० हजार ७९१ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै अहिले भारतमा ४ लाख ५३ हजार ४०१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

भारतमा अहिलेसम्म कुल १२ करोड ६५ लाख ४२ हजार ९०७ जनाको कोरोना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा ८ लाख ४४ हजार ३८२ जनाको परीक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  २ : १० बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो