सचिवालय बैठक सार्नुपर्ने ओलीको प्रस्ताव लिएर महासचिव पौडेल पुगे खुमलटार | Khabarhub Khabarhub

सचिवालय बैठक सार्नुपर्ने ओलीको प्रस्ताव लिएर महासचिव पौडेल पुगे खुमलटार


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पार्टी महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा पार्टीको विकसित पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेको थिए ।

आन्तरिक विवाद चुलिएका बेला बुधबार बोलाइएको सचिवालय बैठक केही दिन सार्नुपर्ने नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बोकेर महासचिव पौडेले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको निवास पुगेको स्रोतले जानकारी दियो ।

सचिवालय बैठकको एक दिन अघि मंगलबार बिहान अध्यक्ष दाहाल निवास पुगेका महासचिव पौडेलबीच आन्तरिक विवाद समाधानबारे छलफल भएको दुवै पक्षले बताएको छ ।

पार्टीभित्रको जारी विवादको समाधानको सूत्र खोजेर मात्रै पार्टी कमिटीका बैठक बस्नुपर्ने अध्यक्ष ओलीको प्रस्ताव महासचिव पौडेलमार्फत आएको अध्यक्ष दाहालको सचिवालयले बताएको छ ।

‘महासचिव पौडेलले भोलिका लागि बोलाइएको बैठक केही पर सारौं र सहमतिका लागि छलफल गरौं भन्ने अध्यक्ष ओलीको प्रस्ताव ल्याउनुभएको थियो,’ दाहालको सचिवालय स्रोतले भन्यो, ‘सचिवालयले नै तय गरेको बैठकको मिति भएकाले भोलि सचिवालयमा नै छलफल गरौंला भनेर अध्यक्षले भन्नुभएको छ ।’

महासचिव पौडेलले पार्टीका कार्यकारी अध्यक्षसँग भएको भेटमा उपलब्धि नभएको बताए । पौडेल दुई अध्यक्षलाई मिलाउन सहजीकरण गरिरहेका छन् ।

बुधबार (भोलि)का लागि बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि सार्नु पर्ने पक्षमा छन् भने बहुमत सदस्य भोलि नै बैठक बस्नु पर्ने पक्षमा छन् ।

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले ओलीमाथि आरोप नै आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि नेकपाभित्रको विवाद झन चर्किएको छ ।

पार्टीको विवाद मिल्न नसक्दा नेकपा फुटको संघारमा पुगिसकेको छ । दुई अध्यक्ष तथा नेताहरु पक्ष/विपक्षमा लागेर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ११ : ४८ बजे

संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न राष्ट्रपतिको अपिल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने

जनकपुरधामको सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरमा भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा भएको

जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका विराटनगर सरकारी कार्यालयको सरसफाइ सुरु

काठमाडौं– जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनीका कारण ध्वस्त भएका

प्रधान सेनापतिसँग वार्ता गर्न पुगेका जेन-जीनबीच जंगीअड्डा अगाडि कुटाकुट

काठमाडौँ- अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका

विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदी धादिङको गजुरीबाट पक्राउ

मलेखु– देशको राजधानीका विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दीलाई आज बिहान