कोरोना संक्रमित बढेसँगै दिल्लीमा फेरि लकडाउन गर्ने तयारी « Khabarhub

कोरोना संक्रमित बढेसँगै दिल्लीमा फेरि लकडाउन गर्ने तयारी


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जाँदा दिल्लीमा फेरि लकडाउन गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् ।

उनका अनुसार केन्द्रीय सरकारसँग उनीहरुले लकडाउन गर्न अनुमति दिन अनुरोध गरेका छन् ।

पछिल्लो समय दिल्लीका मुख्य क्षेत्रहरुमा कोरोनाभाइरसको प्रभाव बढ्दै जाँदा र दिल्ली हटस्पट बन्दै जाँदा यो लकडाउन लगाउन केजरीवालले चाहेका हुन् ।

यसका साथसाथै दिल्लीमा अब वैवाहिक कार्यक्रममा पनि ५० जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छन् । यसअघि दिल्लीमा २ सय जनालाई वैवाहिक कार्यक्रममा उपस्थित हुने अनुमति दिइएको थियो ।

दीपावलीमा मानिसहरुले मास्क नलगाइ कार्यक्रमहरुमा सहभागी भएकाले दिल्लीमा कोरोना संक्रमित अब ह्वात्तै बढ्न सक्ने पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १० : ०१ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने