पार्टीको विवाद मिलाउन आवश्यक परे मन्त्री पद नै त्याग्न तयार छु : मन्त्री गुरुङ | Khabarhub Khabarhub

पार्टीको विवाद मिलाउन आवश्यक परे मन्त्री पद नै त्याग्न तयार छु : मन्त्री गुरुङ


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टीको विवाद मिलाउनका लागि आवश्यक परे आफ्नो मन्त्री पदसमेत त्याग्न तयार रहेको बताएका छन्।

मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै मन्त्री गुरुङले पार्टीको विवाद मिलाउनका लागि आफू लगायतका धेरै कार्यकर्ता त्याग गर्न तयार रहेको बताएको हुन्।

‘स्थिर सरकारको मूल नेतृत्व परिवर्तनबाहेक म लगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौं,’ उनको फेसबुक स्टाटसमा लेखिएको छ।

कोभिड संक्रमण बेला प्रतिपक्षी दलले पनि सहयोग गरिरहेको अवस्थामा आफ्नै पार्टीबाट असहयोग र विवाद झिक्ने काम भएको भन्दै उनले असन्तुष्टि पोखेका छन्।

यस्तै पार्टीका कार्यकारी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले गत शुक्रबारको सचिवालय बैठकमा प्रस्तुत गरेको प्रचण्डको राजनीतिक प्रस्ताव स्थगित गर्न पनि उनले आग्रह गरेका छन्।

‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन् प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं,’ स्टाटसमा लेखिएको छ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ७ : ३० बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १० गते शनिबार। साउन

आज २०८२ साल साउन १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १० गते शनिबार। साउन

मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव

पर्सा – खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी