पार्टीको विवाद मिलाउन आवश्यक परे मन्त्री पद नै त्याग्न तयार छु : मन्त्री गुरुङ « Khabarhub

पार्टीको विवाद मिलाउन आवश्यक परे मन्त्री पद नै त्याग्न तयार छु : मन्त्री गुरुङ


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टीको विवाद मिलाउनका लागि आवश्यक परे आफ्नो मन्त्री पदसमेत त्याग्न तयार रहेको बताएका छन्।

मंगलबार साँझ फेसबुकमा स्टाटस लेख्दै मन्त्री गुरुङले पार्टीको विवाद मिलाउनका लागि आफू लगायतका धेरै कार्यकर्ता त्याग गर्न तयार रहेको बताएको हुन्।

‘स्थिर सरकारको मूल नेतृत्व परिवर्तनबाहेक म लगायत धेरै नेता, कार्यकर्ताहरु आवश्यक परे मन्त्री वा आफ्नो पद त्याग गर्न पनि तयार छौं,’ उनको फेसबुक स्टाटसमा लेखिएको छ।

कोभिड संक्रमण बेला प्रतिपक्षी दलले पनि सहयोग गरिरहेको अवस्थामा आफ्नै पार्टीबाट असहयोग र विवाद झिक्ने काम भएको भन्दै उनले असन्तुष्टि पोखेका छन्।

यस्तै पार्टीका कार्यकारी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले गत शुक्रबारको सचिवालय बैठकमा प्रस्तुत गरेको प्रचण्डको राजनीतिक प्रस्ताव स्थगित गर्न पनि उनले आग्रह गरेका छन्।

‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन् प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं,’ स्टाटसमा लेखिएको छ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ७ : ३० बजे

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन

प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम