२ लाख ६४ हजार नगदसहित भक्तपुरमा १० जुवाडे पक्राउ  « Khabarhub

२ लाख ६४ हजार नगदसहित भक्तपुरमा १० जुवाडे पक्राउ 


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा प्रहरीले कौडा खेलिरहेको अवस्थामा १० जुवाडेलाई पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका–८ बोडेस्थित अमरकृष्ण अवालले सञ्चालन गरेको नगदेश स्कुनर हाउसबाट १० जना जुवाडेलाई पक्राउ गरेको हो ।

कौडा खेलिहरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले २ लाख ६४ हजार १३५ रुपैयाँसहित १० जनालाई नियन्त्रणमा लिइएको वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऋषि कँडेलले जानकारी दिए ।

डीएसपी कँडेलका अनुसार पक्राउ पर्नेहरुमा अम्मर कृष्ण अवाल, राजकुमार चित्रकार, रविन्द्र नापित, टिका ज्यापु, कर्ण लामा, राजेन्द्र साहुखल, श्यामकृष्ण घजु, हिराकाजी प्रजापती, पञ्चकुमार घजु र तुई लाल प्रजापति रहेका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट १६ वटा कौडा समेत बरामद भएको डीएसपी कँडेलले बताए । अमरकृष्ण अवाल स्कुनर सञ्चालक समेत हुन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १० : ३४ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको