जंगलमा छापा मारेर विप्लव समूहका कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

जंगलमा छापा मारेर विप्लव समूहका कार्यकर्ता पक्राउ


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- प्रहरीले जंगलमा छापा मारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई खोटाङबाट पक्राउ गरेको छ ।

खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसेका विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ रहेको खोटाङका डीएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेका तामाङका साथबाट बन्दुक, राइफल तथा पेस्तोलका गोली, बारुद, छर्रालगायत बन्दोबस्तीका सामान पनि बरामद गरेको छ ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  ७ : ४० बजे

के हो प्रसव फिस्टुला ?

लामो र कठिन सुत्केरी व्यथापछि महिलाको योनीमार्गबाट लगातार पिसाब, दिसा

कोशीलगायत पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

जोमसोम–कागबेनी सडक कालोपत्र सुरु

म्याग्दी– मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र

गर्मीका कारण दिल्लीका सबै विद्यालय बन्द

नयाँ दिल्ली – गर्मी बढेपछि भारतको दिल्ली सरकारले सबै विद्यालय