विराटनगरका सबै विद्यालय सञ्चालन « Khabarhub

विराटनगरका सबै विद्यालय सञ्चालन


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरका सबै विद्यालय आजबाट सञ्चालन भएका छन् ।

कोरोना भाइरसको महामारीले चैतदेखि बन्द विद्यालय आजबाट स्वास्थ्य साबधानीका उपाय अपनाएर खुला गरिएको हो ।

महानगरको शिक्षा समितिले मंसिर २१ गते बैठक बसेर विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

विद्यार्थी तथा शिक्षकले मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी अनिवार्य पालना गर्नुपर्ने छ । कतिपय विद्यालयले पोसाक अनिवार्य गरेका छैनन् ।

पोसाकभन्दा पनि चिसोबाट बच्ने खालका कपडा लगाएर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेको  महानगरका मेयर भीम पराजुलीले बताए ।

२०७७ कात्तिक २० गते मन्त्रिपरिषद्बाट पारित कोभिड –१९ सन्दर्भमा विद्यालय सम्बन्धी कार्य ढाँचा–२०७७ को निर्देशिकाअनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । महानगरभित्र ७६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १० : ४० बजे

टीसीएलको ‘गर्मीलाई भगाऔं, निःशुल्क एसी सर्भिसिङ गराऔं’ अभियान सुरु

काठमाडौं– टीसीएल नेपालले ग्राहकलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक

काभ्रेमा नौ ‘आपराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता

काभ्रेपलाञ्चोक– काभ्रे  जिल्ला अदालतमा नौ ‘आपराधिक उपद्रव’सम्बन्धी अभियोग मुद्दा दर्ता

ओलीप्रति घिमिरेको कटाक्ष : सबै ठिक छ महाराज !

काठमाडौं- नेकपा एमालेका नेता वासुदेव घिमिरेले अध्यक्ष केपी शर्मा ओलीको

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर– पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको