इनिशा हत्या प्रकरण : छानबिन र दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन « Khabarhub

इनिशा हत्या प्रकरण : छानबिन र दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनिशा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

उत्पीडित जेन-जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपाल लगायतले गम्भीर ढंगले इनिशा बिक हत्या प्रकरणको छानबिनका साथै उक्त घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरूले इनिशा बिकको हत्यारालाई कारबाही गर, बालबालिकामाथि हुने हिंसा अन्त्य गर, पितृ सत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौँ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साथै उनीहरूले सबै बलात्कारका घटनाहरूको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत राखेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन् । पोस्टमार्टम रिपोर्ट र पक्राउ परेकाहरूको बयानका आधारमा बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ४ : ०५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग