सरकारको विरोधभन्दा विकासका समाचारमा ध्यान दिउँ– मन्त्री ढुंगेल | Khabarhub Khabarhub

सरकारको विरोधभन्दा विकासका समाचारमा ध्यान दिउँ– मन्त्री ढुंगेल


२ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विकास निर्माण सम्बन्धि समाचारमा ध्यान दिन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आग्रह गरेका छन्।

रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका, ६ खिम्तीको तामाकोशी जनजागृति माध्यमिक विद्यालयको भवन हस्तान्तरण गर्दै उनले विकास निर्माणको समाचार सम्प्रेषण गर्न सुझाएका हुन्।

‘अहिले कच्ची भए पनि टोल–टोलमा बाटो पुगेको छ, कतै राम्रो बन्दै छ, यसको बारेमा कहीकतै समाचार छापिएको पाइँदैन्,’ उनले भने, ‘स्कुलका भवन बनेका छ्न्, विकासका कामहरु भएका छन्, यसको बारे कहाँ लेखिएको छ?’

मन्त्री ढुंगेलले अरु विकासका काम जस्तै कृषिमा समेत धेरै अनुदान आएको तर समाचार नलेखिएको बताए। उनले सरकारको विरोध र निरासाजनक समाचारमा मात्र ध्यान केन्द्रित नगर्न अनुरोध गरे।

कार्यक्रममा बोल्दै गाउँपालिकाकी कार्यबाहक अध्यक्ष दीपशिखा दाहालले तामाकोशी विद्यालय जिल्लाकै उत्कृष्ट भएको बताइन्।

कार्यक्रममा प्रदेश सांसद शान्ति पौडेल, पूर्व सांसद तारानारायण श्रेष्ठ, नेकपा रामेछापका सचिवालय सदस्य तथा क्षेत्र ‘क’का संयोजक पुरुषोत्तम कडरियाको उपस्तिथि रहेको थियो। कार्यक्रमको अध्यक्षता स्कुल व्यवस्थापन समिति तथा लिखुतामाकोशी वडा ६ का वडाध्यक्ष शिव न्यौपानेले गरेका थिए।

प्रकाशित मिति : २ पुस २०७७, बिहीबार  १२ : ३५ बजे

लामो समयपछि वर्षा हुदाँ किसानलाई राहत

पर्वत– साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि पर्वतका किसानलाई

गोरखाका महिलालाई नौमती बाजा बजाउने तालिम

गोरखा– पालुङटार नगरपालिकाले महिलालाई नौमती पञ्जेबाजा बजाउने तालिम दिन सुरु

अर्थमन्त्रीले भने : ‘निजी क्षेत्रलाई तर्साउँदिन, निरुत्साहित गर्दिनँ’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित

बिदा लिएर निजी अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई थालियो कारबाही

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई

कांग्रेसको आरोप : रविलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरूपयोग गरियो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका