नाट्टाको अध्यक्षमा गुरागाईं निर्वाचित « Khabarhub

नाट्टाको अध्यक्षमा गुरागाईं निर्वाचित


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन् ।

नाट्टाको शुक्रबार राति सम्पन्न मतगणनामा १५० मत प्राप्त गरी गुरागाईं निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी भीमप्रसाद पन्तले १२६ र मिहिका धाख्वाले १०९ मत प्राप्त गरे ।

यस्तै वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजङ्ग पाण्डे विजयी भएका छन् । शुक्रबार सम्पन्न मतदानमा ४०५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

नाट्टाका नवनिर्वाचित अध्यक्ष गुरागाईं पुराना पर्यटन व्यवसायी हुन् । करिब २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील गुरागाईं नाट्टाको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

नवनिर्वाचित अध्यक्ष गुरागाईंले पर्यटन प्रवद्र्धधनमा टेवा पुर्‍याउने समूहले जीत हासिल गरेको बताए । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नाट्टाको तर्फबाट महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ७ : ५१ बजे

मकवानपुरको जुराखेतमा न्यायाधीश डाँगी सवार गाडी दुर्घटना: ६ जना घाइते

काठमाडौँ- काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको उच्च अदालत जनकपुरको अस्थायी इजलास

कृषिसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

सप्तरी – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोशी ब्यारेज नजिकै मोटरसाइकल अनियन्त्रित

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा