एमसीसीबारे चाँडै निर्णय हुन्छ : नारायणकाजी | Khabarhub Khabarhub

एमसीसीबारे चाँडै निर्णय हुन्छ : नारायणकाजी


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते बस्ने संघीय संसदको बैठकले सभामुख निर्वाचन प्रक्रिया शुरु गर्ने बताएका छन् ।

शनिबार बिहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अब पनि सूचना टाँस गरेर संसद बैठक स्थगित हुने वातावरण नहुने विश्वास व्यक्त गरे ।

उपसभामुखले राजीनामा दिने र सभामुख नेकपाबाटै हुने उनले बताए । सभामुख चयनका विषयमा पार्टी भित्र कुनै विवाद नभएको उनको भनाइ थियो ।

आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी पुगेका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका बारेमा सचिवालयको बैठकमा छलफल भएको बताउँदै राष्ट्रहित र स्वाधीनतालाई प्राथमिकतामा राखेर पार्टीले चाँडै उचित निर्णय लिने बताए ।

आगामी २०७७ साल भित्र पार्टीका सबै कमिटीको अधिवेशन गर्ने गरी पार्टी भित्र छलफल चलेको उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १२ : ३० बजे

एरिकको गोलमा इलाममाथि बुटवलको जित

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा एफसी बुटवल लुम्बिनीले पहिलो

अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं – अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले

व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्छ : अध्यक्ष ओली

दैलेख- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध

ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं- ललितपुरमा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन्

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर

सिमरा- सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ