एमसीसीबारे चाँडै निर्णय हुन्छ : नारायणकाजी « Khabarhub

एमसीसीबारे चाँडै निर्णय हुन्छ : नारायणकाजी


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते बस्ने संघीय संसदको बैठकले सभामुख निर्वाचन प्रक्रिया शुरु गर्ने बताएका छन् ।

शनिबार बिहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अब पनि सूचना टाँस गरेर संसद बैठक स्थगित हुने वातावरण नहुने विश्वास व्यक्त गरे ।

उपसभामुखले राजीनामा दिने र सभामुख नेकपाबाटै हुने उनले बताए । सभामुख चयनका विषयमा पार्टी भित्र कुनै विवाद नभएको उनको भनाइ थियो ।

आगामी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी पुगेका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका बारेमा सचिवालयको बैठकमा छलफल भएको बताउँदै राष्ट्रहित र स्वाधीनतालाई प्राथमिकतामा राखेर पार्टीले चाँडै उचित निर्णय लिने बताए ।

आगामी २०७७ साल भित्र पार्टीका सबै कमिटीको अधिवेशन गर्ने गरी पार्टी भित्र छलफल चलेको उनले बताए ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  १२ : ३० बजे

वैकल्पिक मार्गबाट काठमाडौँ भित्र्याइयो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज