विश्वका सबैभन्दा होचा खगेन्द्रलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो « Khabarhub

विश्वका सबैभन्दा होचा खगेन्द्रलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यसरी सम्झियो


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिँड्‍डुल गर्न सक्ने विश्वका सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार मृत्यु भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रले ‘आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न नदिएको’ बताएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रको मृत्युको खबरले दु:खी भएको विज्ञप्तिमार्फत् जनाएको छ।

उनका पिता रूपबहादुर थापा मगरले उनी जन्मिँदा हातमा अटाउने र नुहाइदिन गाह्रो हुने कुरा सम्झेको पनि विज्ञप्तिमा उल्लेख छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले लेखेको छ: “उनका साथीहरूका अनुसार उनी मुटुको समस्या, दम र निमोनियाबाट पीडित थिए।”

⁣⁣सन् २०१० मा खगेन्द्रलाई इटलीमा भेटेका गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेले भनेका छन्: “खगेन्द्र अब हामीसँग नरहेको भन्ने नेपालबाट खबर सुनेर हामी निकै दुःखी भएका छौँ।” ⁣

“उनको चम्किलो मुस्कानले उनलाई भेटेने जो कोहीको पनि मन पग्लिन्थ्यो।”⁣

“धेरै होचा मानिसको अनुभवमा मात्र छ किलोको हुँदा जीवन चुनौतीपूर्ण हुन्छ र औसत व्यक्तिका लागि बनेको विश्वमा मिल्न गाह्रो हुन्छ।”

“तर खगेन्द्रले आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न दिएनन्।”

उनले थपेका छन्: “उनी र उनको परिवारलाई चिन्नु एउटा सम्मान थियो र उनको कथा विश्वसँग बाँड्न सक्नु विशेषाधिकार पाउनु सरह थियो।”

बाग्लुङ जिल्लाका खगेन्द्र दुई फिट ४१ इञ्च अर्थात् ६७.०८ सेन्टिमिटरका थिए ।

सन् २०१० मा १८ वर्षको उमेरमा उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वका सबैभन्दा होचा व्यक्तिका रूपमा दर्ता गरेको थियो ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ३ : २९ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर