अब मोबाइलबाट गरिने फोन सस्तो हुने, कति पर्छ ? « Khabarhub

अब मोबाइलबाट गरिने फोन सस्तो हुने, कति पर्छ ?


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा मोबाइलबाट गरिने कलको मूल्य सस्तो हुने भएको छ । सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने भएको हो ।

एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्कछ ।

नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआबद्धता निर्देशिका- २०७६’ चैत २० गतेदेखि लागु हुनेछ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, “त्यसपछि एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा गरिने कलको मूल्य घट्नेछ।”

दूरसञ्चार क्षेत्रको प्राविधिक भाषामा एउटा कम्पनीको सञ्जालबाट अर्को कम्पनीको सञ्जालमा हुने कल स्थापित गराउने कार्यलाई अन्तरआबद्धता भनिन्छ ।

त्यसमा लाग्ने शुल्कलाई अन्तरआबद्धता शुल्क भनिन्छ ।

इन्टरनेटको प्रयोग बढेसँगै पीएसटीएन भनिने ल्यान्डलाईन फोन वा मोबाइलबाट हुने कलमै कमी आउन थालेपछि कतिपय देशले यस्तो शुल्क नै हटाएको जानकारहरू बताउँछन् ।

नेपालमा भने मोबाइल कलको मूल्य क्रमश: कम गर्ने सरकारी नीति अनुसार यस्तो शुल्क कम हुने गरी निर्देशिका ल्याइएको अधिकारीहरू बताउँछन् ।

उक्त निर्देशिका अनुसार मोबाइलबाट मोबाइलमा र फिक्स्ड लाइनबाट मोबाइलमा गरिने कलका लागि पहिले तोकिएको भन्दा निकै कम अन्तरआबद्धता दर निर्धारण गरिएको छ ।

अर्यालका अनुसार अब एउटा सञ्जालको फिक्स्ड लाइनबाट अर्को सञ्जालको मोबाइलमा वा मोबाइलबाट मोबाइलमै कल गर्दा प्रतिमिनेट १० पैसा मात्रै लाग्नेछ ।

चैत २० सम्म यस्तो कलको दर प्रतिमिनेट ५४ पैसा रहने छ ।

अर्यालले भने, “नयाँ दर लागु भएपछि मोबाइल सेवाप्रदायकहरूले ग्राहकले तिर्ने शुल्कमा पनि कटौती गर्नुपर्ने हुन्छ।”

“यो अनिवार्य लागु गर्नुपर्ने निर्देशिका भएकाले यसले सेवा सस्तो पर्छ।”

तर प्राधिकरणले एउटा सञ्जालबाट अर्को सञ्जालमा फिक्स्ड लाइनबाट फिक्स्ड लाइनमै वा मोबाइलबाट फिक्स्ड लाइनमा गरिने कलको दर भने पहिलेको भन्दा बढाएको छ।

यस्तो कलको दर पहिले १४ पैसा प्रतिमिनेट रहेकोमा अब २० पैसा प्रतिमिनेट बनाइएको छ ।

अहिले फिक्स्ड लाइन फोनको प्रयोगमा निकै कमी आएको र नेपाल टेलिकम बाहेकका सेवाप्रदायकसँग त्यस्तो सेवा पनि नभएकाले यो व्यवस्था गरिएको अधिकारीहरू बताउँछन् ।

अधिकारीहरूका अनुसार अहिले नेपाल टेलिकमको सञ्जालबाट अन्य सेवाप्रदायकका सञ्जालको प्रिपेड मोबाइलबाट फोन गर्दा प्रतिमिनेट एक रुपैयाँ ५० पैसा शुल्क लाग्ने गर्छ ।

पोस्टपेडका हकमा भने एक रुपैयाँ मात्र रहेको छ ।

यो निर्देशिका लागु भएपछि प्रिपेडको प्रतिमिनेट एक रुपैयाँ छ पैसा र पोस्टपेडको ६६ पैसा प्रतिमिनेट शुल्क पर्ने अधिकारीहरू बताउँछन्।

एनसेलबाट अन्य सेवाप्रदायकका सञ्जालमा फोन गर्दा हाल दुई रुपैयाँ ५४ पैसा लागिरहेकोमा शुल्क घटेपछि चाहिँ दुई रुपैयाँ १० पैसा मात्र लाग्ने अधिकारीहरूले जानकारी दिए ।

विदेशबाट कल गर्दा सस्तो पर्ने

वैदेशिक रोजगारीमा जाने नेपालीहरूले विदेशबाट नेपालमा कल गर्दा निकै महँगो पर्ने गुनासो गर्दै आएका छन् ।

तर नयाँ निर्देशिका लागु भएपछि त्यसमा केही कमी आउने अधिकारीहरूको दाबी छ ।

उनीहरूका अनुसार निर्देशिकामा पहिलोपटक विदेशबाट गरिने कलको अन्तरआबद्धता शुल्क पनि तोकिएको छ ।

निर्देशिका अनुसार पहिलो वर्षका लागि विदेशबाट आउने कलको अधिकतम अन्तरआबद्धता दर आठ रुपैयाँ प्रतिमिनेट तोकिएको छ ।

हरेक वर्ष उक्त दर घट्दै जाने उक्त निर्देशिकामा उल्लेख छ ।

त्यस अनुसार आगामी आठ वर्षपछि त्यस्तो दर एक रुपैयाँ ८० पैसा मात्र हुनेछ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ३ : ४३ बजे

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित