चिसोले जोर्नी दुखेर हैरान हुनुहुन्छ ? यी हुन् घरेलु उपचार विधी « Khabarhub

चिसोले जोर्नी दुखेर हैरान हुनुहुन्छ ? यी हुन् घरेलु उपचार विधी


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अहिले जाडोको समय छ । जाडोमा जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्न सक्छ ।

कतिसमय अवस्थामा त घुँडा दुखाईले सामान्य हिँडडुल गर्न समस्या हुन्छ । त्यसैले यस्तो पीडाबाट मुक्ति पाउनका लागि घरेलु उपचार विधी अपनाउँदा फाइदा पुग्छ ।

अर्थात घरायसी विधीबाट यस्तो दुखाईलाई कम गर्न सकिन्छ । यसका लागि यी कुराहरुको प्रयोग गर्नुहोस् ।

प्याज
प्याजले घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।

कागती
कागतीको सेवनले पनि घुँडाको दुखाई पनि शान्त गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ ।

तोरीको तेल
तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमितरुपमा यसो गर्दा घुँडाको दुखाई पक्कै कम हुन्छ ।

सिधे नुन
घुँडाको दुखाईमा सिधे नुन एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो ।

बेसार
घुँडाको दुखाई भगाउनका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा मौजुद रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ ।

मेवाको विज
मेवाको बिज अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ दुखाईबाट उन्मुक्ति पाइन्छ ।

अदुवा
अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाईमा रामवाणको काम गर्छ । यसलाई चियाँसग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ ।

गाजर
गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्छ । यदि घुँडाको दुखाईबाट पिडित हुनुहुन्छ भने बढिभन्दा बढि गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ ।

मेथीको बिज
घुँडाको दुखाई छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको दुखाई शान्त हुन्छ ।

नरिवलको तेल
खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाईमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

रातो खुर्सानी
रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ । यसमा मौजूद केपसाइसिनले पेनकिलरको जस्तै काम गर्छ ।

ओमेगा ३ फ्याटी एसिड
यी फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ । यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ । दैनिकरुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाई समाप्त हुन्छ ।

क्याल्सियमयुक्त खाना
क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमिले गर्दा नै हड्डीको दुखाई उत्पन्न हुने हो । त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।

योगा
योगा गर्नु धेरै हिसाबले लाभदायक छ । कठिन शारिरीक अभ्यासबिनै आफूलाई स्वस्थ राख्न चाहने हो भने नियमित योगा गर्नुपर्छ । यसले घुँडाको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

एक्सरसाइज
घुँडाको दुखाई हुनेहरुले नियमित एक्सरसाइज गर्नु आवश्यक छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ५ : १४ बजे

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा लगाइयो

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य सामान्य घटेको

रास्वपाको उदय र दिशाहीन परराष्ट्र नीतिको निरन्तरता

विगत एक दशकभन्दा पनि लामो समयदेखि नेपालको परराष्ट्र नीति अस्थिर

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक