सोलुखुम्बुमा गोली चल्यो, १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी « Khabarhub

सोलुखुम्बुमा गोली चल्यो, १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु– सोलुखुम्बुमा गोली चलेको छ । सोलुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलेको हो ।

जिल्ला सदरमुकामबाट कार्यक्रममा सहभागी हुन गएको टोलीलाई तिङ्लावासीले अवरोध गरेपछि हवाइ फायर र अश्रु ग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

हाईड्रो प्रभावित क्षेत्र तिङलामा विद्युत विस्तार नभर्ई पत्तालेमा उद्घाटन गर्न लागिएको भन्दै सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका स्थानीयले कार्यक्रम बहिष्कार गरेका थिए ।

झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन् ।

कार्यक्रम बहिस्कार गरेर विहानैदेखि प्रर्दशनमा उत्रिएका तिङलाबासीले कार्यक्रममा सहभागी ब्यक्तिहरुको मोटरसाइकलमा जथाभावी आगो लगाएका हुन् ।

जिल्लाका संघीय सांसद हेमकुमार राई (शुरबीर)ले शनिबार पत्तालेमा उद्घाटन गर्ने कार्यक्रम थियो । कार्यक्रममा झडपको स्थिती सृजना भएपछि कार्यक्रममा सहभागी हुन जिल्लाबाट आएका अतिथीहरु बीच बाटोबाटै सदरमुकाम सल्लेरी फर्किएका छन् ।

झडप पछि प्रदर्शनकारीहरुले ठाउँ ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध भएसँगै सोलुखुम्बु भित्रने दर्जनौ सवारी साधन पत्ताले क्षेत्रमा नै अलपत्र परेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ६ : ५३ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर