‘शब्द चयनमा होसियार रहन’खामेनीलाई ट्रम्पको चेतावनी « Khabarhub

‘शब्द चयनमा होसियार रहन’खामेनीलाई ट्रम्पको चेतावनी


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीलाई ‘उनका शब्दहरूप्रति होसियार बन्न’चेतावनी दिएका छन् ।

“पछिल्लो समय साख गुमाइसकेका इरानका तथाकथित ‘सर्वोच्च नेता’ले यूरोप र अमेरिकाबारे ‘नीच शब्दहरू’ बोलेका छन्,” शुक्रबार खामेनीद्वारा प्रार्थनासभामा सम्वोधनका क्रममा प्रयोग गरेका शब्दहरूप्रति चासो व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

ट्रम्पले लेखेका छन्, “खामेनीको सम्बोधनमा प्रयोग भएको भाषा उत्तेजित थियो । खामेनीले बेलायत, फ्रान्स र जर्मनीलाई ‘अमेरिकाको सेवक’भनेर गम्भीर गल्ती गरेका छन् ।”

ट्वीट सन्देशमा भनिएको छ, “इरानको अर्थतन्त्र धराशायी भएको छ र त्यहाँका नागरिक पीडित छन् । नेतृत्वमा रहेका नेताले आफ्नो भाषा (शब्द) प्रयोगमा होशियारी नअपनाएमा यसको नतिजा उनीहरू आफैले भोग्नुपर्नेछ ।”

शुक्रबार तेहरानको प्रसिद्ध मोसाला मस्जिदमा प्रार्थनासभामा सन् २०१२ पछि पहिलो पटक सम्वोधन गर्दै उनले इरानविरोधी शक्तिले दुर्घटनालाई इस्लामिक गणराज्यको विरूद्धमा प्रचारप्रसार गर्न लागि परेका बताएका थिए । प्रवचनमा इरानी नागरिकलाई राष्ट्रियताको रक्षाका लागि एक गर्न आग्रह गर्दै खामेनीले अमेरिकालगायत यूरोपेली केही मुलुकको नाम लिएरै आलोचना गरेका थिए ।

सर्वोच्च नेता खामेनीले तेहरानमा गरेको सम्बोधनमा विमान खसालिनु तीतो यथार्थ भएको र यसले हरेक इरानी नागरिकको मन जलेको बताउँदै तर यसैको आवरणमा केही शक्तिले इरानी विशेष बलका मेजर जनरल कासिम सुलेमानीको शहादत र बलिदानलाई बिर्साउने गरी घटनालाई अतिप्रचारमा ल्याएका भन्दै यसमा सबै इरानीले सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ८ : ४० बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया