भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध बनाउन सरकार गम्भीर : मन्त्री भट्ट « Khabarhub

भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध बनाउन सरकार गम्भीर : मन्त्री भट्ट


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् रहेको बताएका छन् । हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको उनको भनाइ छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका संस्थापक ब्रह्माकुमार बाबाको ५१ औँ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जलिसभामा उनले नकारात्मक चेतनाले विकास र समृद्धि आउन नसक्ने बताए ।

“भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ । हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको छ ” मन्त्री भट्टले भने ।

पूर्वमन्त्री भीमसेनदास प्रधानले स्वार्थपूर्ति गर्ने व्यवसायका रुपमा राजनीति विकसित हुँदै गएकोमा चिन्ता प्रकट गरे । केन्द्रका निर्देशक ब्रह्माकुमारी राजयोगिनी राजदिदीले आध्यात्मिक ज्ञान र राजयोगको अभ्यासले जीवनमा साँचो शान्ति र खुशी मिल्ने तथा गलत संस्कारबाट छुट्कारा पाइने बताइन् ।

केन्द्रले अहिले राष्ट्रिय योग दिवसका अवसरमा साताव्यापी रुपमा कार्यक्रमसमेत गरिरहेको छ । उक्त अवसरमा योगाभ्यासका साथै मौन ध्यान–योग कार्यक्रमसमेत गरिरहेको ब्रह्माकुमारी राजयोग सेवा केन्द्र काठमाडौँद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ९ : २७ बजे

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब