प्रारम्भिक छनोटमा परेका ९ जनामध्येबाट पर्यटन बोर्डले आइतबार पाउँदै छ नयाँ सीईओ « Khabarhub

प्रारम्भिक छनोटमा परेका ९ जनामध्येबाट पर्यटन बोर्डले आइतबार पाउँदै छ नयाँ सीईओ


४ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ । लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सीईओको छुट्टै आकर्षण छ ।

आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सीईओ मानिन्छ । बोर्ड सार्वजनिक निजी साझेदारीको नमूना संस्था हो । सरकारी पाँच र निजी क्षेत्रका छ गरी ११ जना बोर्ड सञ्चालक समिति सदस्य रहने व्यवस्था छ ।

सीईओको प्रतिस्पर्धाको दौडमा अहिले नौ उम्मेदवार सम्पूर्ण शक्ति र सामाथ्र्यका साथ लागि परेका छन् । प्रतिस्पर्धीमध्ये कसले बाजी मार्ने हो त्यो चाही आइतबार टुङ्गो लाग्नेछ ।

बोर्डको सीईओ बन्नका लागि अहिले प्रारम्भिक छनोटमा परेका नौ जनाको प्रस्तुतिकरण र अन्तर्वार्ता भइसकेको छ । शुक्रबारदेखि आजसम्म सबै प्रतिस्पर्धीको प्रस्तुतिकरण सकिएको छ ।

प्रतिस्पर्धी सबैको प्रस्तुतिकरण राम्रो रहेको तर तिनैमध्ये उत्कृष्टताका आधारमा तीन जनालाई सिफारिस गरिने छनोट समितिका सदस्य विप्लव पौडेलले जानकारी दिए ।

छनोट समितिले प्रतिस्पर्धीको प्रस्तुतिकरण र अन्तर्वातापछि नम्बर दिइसकेको छ । प्रतियोगिको नम्बर सिलिङ् भइसकेको र आइतबार बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सचिव केदारबहादुर अधिकारीसँग छनोट समितिको बैठकबसी बोर्डको सीईओका लागि तीन सदस्यीय प्रतिस्पर्धीलाई सिफारिस गर्नेछ ।

समितिको सिफारिसपछि बोर्ड सञ्चालक समिति आइतबार साँझसम्म तीनजनामध्ये एक अब्बल उम्मेदवारलाई बोर्डको सीईओ नियुक्त गरिनेछ । बोर्डको सीईओको कार्यकाल चार वर्षको हुनेछ ।

बोर्डको सीईओको प्रतिस्पर्धाका लागि निवेदन दिएका १७ प्रतियोगीमध्ये उनीहरुको शैक्षिक प्रमाणपत्र र अनुभवका आधारमा ‘सर्टलिष्ट’ गरिएको थियो ।

सर्टलिष्टमा परेका नौ जनालाई विज्ञसहितको सहभागितामा समितिले प्रस्तुतिकरण र अन्तर्वार्ता लिएको थियो । समितिका दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए ।

बजारमा हल्ला आएजस्तो सीईओ छनोटमा कुनैपनि किसिमको दबाब र प्रभाव नआएको सदस्य पौडेलले बताए । उनले भने, “बोर्डको सीईओ छनोट प्रक्रियागत ढङ्गले अघि बढेको हो, यसमा कुनै दबाब आएको छैन, कुनै प्रभाव पनि परेको छैन, निष्पक्ष र स्वतन्त्ररूपमा उत्कृष्ट व्यक्ति छनोट गर्छौै ।”

बोर्डको सीईओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य पौडेल र कृष्णबहादुर महरा सम्मितलित उपसिमित बनाइएको थियो । प्रारम्भिक छनोटमा परेका नौ प्रतिस्पर्धीको प्रस्तुतिकरणपछि उनीहरुमध्येबाट उपसमितिले तीन जनाको नाम बोर्डलाई सिफारिस गर्ने बोर्डका पूर्व सचिवायल सदस्य केबी रानाले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सीईओ नियुक्त गर्ने व्यवस्था छ । समितिले बनाएको सीईओ छनोट कार्यविधि मातहत रही सीईओका लागि आवेदन माग गरेको थियो । गत मङ्सिर १८ गते प्रकाशित विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए ।

त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो ।

प्रतिस्पर्धी उम्मेदवारमध्ये निवर्तमान सीईओ जोशी र हाल भ्रमणवर्ष सचिवालयमा सदस्य सचिव रहेका बच्छुनारायण श्रेष्ठको नाम अग्रपङ्तिमा छ । जोशी कूशल अनुभव भएका व्यक्ति हुन् भने श्रेष्ठ पनि सबै हिसाबले अब्बल उम्मेदवार मानिएका छन् ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ९ : १५ बजे

फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान,

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : यसै वर्ष ठेक्का आह्वान गरिने

खोटाङ– खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न

एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो

काठमाडौँ– नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गरेको छ ।

खस्किएको भी-टेनको क्रेज

काठमाडौँ- भी-टेनले सार्वजनिक अन्तर्वार्तामा भनेअनुसार उनका बुवा स्वयम्भू आसपास फर्निचरको

आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने

काठमाडौँ– गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश