बेलायती सांसदलाई भारतमा अपमान, विमानस्थलबाटै देश निकाला « Khabarhub

बेलायती सांसदलाई भारतमा अपमान, विमानस्थलबाटै देश निकाला


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ ।

निजी भ्रमणका शिलशिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेशआज्ञा नदिई बेलायत नै फर्काएको हो ।

कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको चर्को आलोचना गर्दै आएकी अब्राहमको कटु आलोचकका रुपमा चिनिन्छिन् ।

विमानस्थलमा रोकेसँगै भारतले उनको भिसा समेत रद्द गरिदिएको बीबीसीले जनाएको छ । सांसद अब्राहम कश्मीर सम्बन्धी बेलायती संसदीय समितिका अध्यक्ष पनि हुन् ।

उनी सोमबार एमिरेट्स फ्लाइटबाट दिल्ली एयरपोर्टमा आइपुगेपछि एयरपोर्टका अधिकारीहरूले उनको भिसा चेकजाँच गरेका थिए । त्यसलगत्तै उनको भिसा अस्वीकार गरिएको थियो ।

उनको भिसा रद्दको कारणबारे केही पनि खुलाईएको छैन ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ६ : ३३ बजे

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म