अनुदान रकम बुझेर घर नबनाउनेको खोजी गर्दै प्राधिकरण « Khabarhub

अनुदान रकम बुझेर घर नबनाउनेको खोजी गर्दै प्राधिकरण


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन् । उनले सरकारी अनुदान बुझेर घर पुनःनिर्माण हुन नसकेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम हुने बताए ।

कुन घर किन बनेन भन्ने बारे प्राधिकरणले सबै तथ्याङ्क व्यवस्थित गर्न थालेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । प्राधिकरणले देशभर ७० प्रतिशत भूकम्पपीडित निजी आवास बनाउन तेस्रो किस्ता प्रदान गरिएको बताए । उनका अनुसार ६२ प्रतिशत भूकम्पपीडित नयाँ निजी आवासमा बसोबास गर्न थालेका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५२ प्रतिशत भूकम्पपीडितलाई दोस्रो किस्ता रकम भुक्तानी भइसकेको बताए ।

उनले भूकम्पबाट क्षति भएका स्वास्थ्य चौकी, विद्यालय तथा ऐतिहासिक सम्पदाहरुको काम तीव्ररुपमा भइरहेको जानकारी दिए । नेपालमा छोटो समयमा पनि प्राधिकरणको प्रगति राम्रो रहेको ज्ञवालीको भनाइ थियो ।

पाल्पामा भूकम्पबाट क्षति भएका ११४ विद्यालयका ३४८ कोठा निर्माण गर्ने कार्य भइरहेको उनले बताए । प्राधिकरणका प्राविधिक भूकम्पपीडितका घरमा पुग्नुभन्दा अघि निर्माण भएका संरचनालाई प्राधिकरणले एकमुष्ट तेस्रो किस्तासम्मको रकम भुक्तानी गर्दै आएको छ ।

प्राधिकरणले भूकम्पपीडितलाई वित्तीय र प्राविधिक सहयोग मात्र प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : २८ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले