अनुदान रकम बुझेर घर नबनाउनेको खोजी गर्दै प्राधिकरण « Khabarhub

अनुदान रकम बुझेर घर नबनाउनेको खोजी गर्दै प्राधिकरण


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताएका छन् । उनले सरकारी अनुदान बुझेर घर पुनःनिर्माण हुन नसकेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम हुने बताए ।

कुन घर किन बनेन भन्ने बारे प्राधिकरणले सबै तथ्याङ्क व्यवस्थित गर्न थालेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । प्राधिकरणले देशभर ७० प्रतिशत भूकम्पपीडित निजी आवास बनाउन तेस्रो किस्ता प्रदान गरिएको बताए । उनका अनुसार ६२ प्रतिशत भूकम्पपीडित नयाँ निजी आवासमा बसोबास गर्न थालेका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले ५२ प्रतिशत भूकम्पपीडितलाई दोस्रो किस्ता रकम भुक्तानी भइसकेको बताए ।

उनले भूकम्पबाट क्षति भएका स्वास्थ्य चौकी, विद्यालय तथा ऐतिहासिक सम्पदाहरुको काम तीव्ररुपमा भइरहेको जानकारी दिए । नेपालमा छोटो समयमा पनि प्राधिकरणको प्रगति राम्रो रहेको ज्ञवालीको भनाइ थियो ।

पाल्पामा भूकम्पबाट क्षति भएका ११४ विद्यालयका ३४८ कोठा निर्माण गर्ने कार्य भइरहेको उनले बताए । प्राधिकरणका प्राविधिक भूकम्पपीडितका घरमा पुग्नुभन्दा अघि निर्माण भएका संरचनालाई प्राधिकरणले एकमुष्ट तेस्रो किस्तासम्मको रकम भुक्तानी गर्दै आएको छ ।

प्राधिकरणले भूकम्पपीडितलाई वित्तीय र प्राविधिक सहयोग मात्र प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ९ : २८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय