चीनबाट नेपाली बोकेर ल्याएको जहाजले आजबाट नियमित उडान गर्ने « Khabarhub

चीनबाट नेपाली बोकेर ल्याएको जहाजले आजबाट नियमित उडान गर्ने


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको उद्गमस्थल चीनको बुहानबाट १ सय ७५ जना नेपालीको उद्दारमा प्रयोग भएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड वडी जहाजले आज (मंगलबार)देखि नियमित उडान भर्ने भएको छ ।

जहाजको क्वारेन्टाइन अवधि पूरा भएपछि मंगलबार साँझदेखि नियमित उडानमा प्रयोग गरिन लागिएको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले खबरहबलाई जानकारी दिइन् ।

‘हामीले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टाइनमा राखेर सम्पूर्ण प्रक्रिया पूरा गरी आज (मंगलबार)बाट नियमित उडान भर्न लागेका हौं,’ प्रवक्ता खड्काले खबरहबसँग भनिन् ।

वायु सेवा निमगको अन्नपूर्ण जहाजले मंगलबार साँझ कतारको दोहाका लागि उडान भर्ने गरी तालिका मिलाइएको छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रिमोर्ट पार्किङ वेमा राखिएको जहाजको मंगलबार बिहानैदेखि ‘डीप क्लिनिङ’ शुरु गरिएको छ । डिप क्लिनिङका क्रममा जहाजका सम्पूर्ण सिट कभरहरु परिवर्तन गर्नुका साथै सफाइ गरेर ‘इन्फेक्सन फ्री’ गरिने निगमकी प्रवक्ता खड्काले बताइन् ।

‘क्वारेन्टाइनमा राख्दा सम्पूर्ण जहाजलाई सिल गरेर राखिन्छ । आज बिहान सिल खोलेर डीप क्लिनिङको काम शुरु भएको छ,’ खड्काले भनिन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ११ : ४५ बजे

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व

प्रधानमन्त्री कार्कीद्वारा महोत्तरीको गाई गौशाला निरीक्षण

जलेश्वर– प्रधानमन्त्री सुशीला कार्कीले आज महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित गाई

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौं– काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको