निफमा ‘बुलबुल’ को डबल ह्याट्रिक, विपिन र स्वस्तिमा उत्कृष्ट « Khabarhub

निफमा ‘बुलबुल’ को डबल ह्याट्रिक, विपिन र स्वस्तिमा उत्कृष्ट


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमवार सकिएको छ । निफमा विनोद पौडेलले निर्देशन गरेको फिल्म ‘बुलबुल’ ले डबल ह्याट्रिक गरेको छ ।

राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न निफमा बुलबुलले पनोरमाको फिचरतर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड पुरुष र महिला गरी ६ विधामा अवार्ड जितेको हो ।

‘बुलबुल’ बाट विनोद पौडेलले उत्कृष्ट पटकथा र उत्कृष्ट निर्देशक विधामा अवार्ड जिते भने नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।

यस्तै सोही फिल्मबाटै लक्ष्मी बर्देवाले महिलातर्फको जुरी अवार्ड हात पारिन् भने मुकुन भुसालले पुरुषतर्फको जुरी अवार्ड जिते ।

निफमा फिल्म ‘गोपी’ ले पनि ३ विधामा अवार्ड हात पार्‍यो । यो फिल्मबाट अभिनेता विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड जिते भने उक्त फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ जुरी अवार्ड हात पार्‍यो । साथै शैलेन्द्र डी कार्कीले पनि यही फिल्मबाट उपाधि हात पारे ।

यस्तै रंगकर्मी तथा निर्देशक केदार श्रेष्ठको निर्देशनमा तयार भएको लघु फिल्म ‘जुनुको जुत्ता’ ले नेपाली लघु फिल्मतर्फको जुरी अवार्ड हात पार्‍यो भने इन्टरनेशनल लघु फिल्मतर्फको जुरी मेन्सन अवार्ड युक्रेनको लघू फिल्म ‘अन्ना’ को पोल्टामा पर्‍यो ।

यस्तै प्रविन कुमार राउतको ‘कलम’ ले नेपाली लघु फिल्मतर्फको अवार्ड हात पार्‍यो भने श्रीलङ्काको ‘दी अदर हाफ’ ले जुरी मेन्सन अवार्ड जितेको थियो ।

बहुपति प्रथाको कथामा आधारित गणेश पाण्डेको ‘को हस्बेन्ड’ डकुमेन्ट्री विधातर्फ उत्कृष्ट ठहरियो । उक्त डकुमेन्ट्रीले १ हजार अमेरिकी डलर जित्यो ।

त्यसै गरी एनिमेटेड विधामा चिनियाँ फिल्म ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ले अवार्ड पायो । मञ्जुश्री अवार्ड नाम दिएको यो पुरस्कारको राशि ७ सय अमेरिकी डलर राखिएको छ । अन्तर्राष्ट्रिय लु फिल्मको विधातर्फ भारतीय फिल्म ‘नुरी’ उत्कृष्ट घोषित भयो । फिल्ममा भारत पाकिस्तान बोर्डरमा चेपिएकी एक युवतीको कथा समेटिएको छ । पुरस्कारको राशि ५ सय अमेरिकी डलर छ ।

समारोहको सबैभन्दा ठूलो पुरस्कार ‘गौतम बुद्ध अवार्ड’ टर्कीको ‘ट्रयाप’ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर जित्यो ।

नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गरेको फेस्टिभल ५ दिनसम्म चलेको थियो । विभिन्न देशका फिल्म प्रदर्शन गरिएको फेस्टिभलमा विदेशी मेकरको पनि उपस्थिति थियो ।

फिचर फिल्मतर्फको मुख्य निर्णायक प्रकाश झा थिए भने मञ्जुकुमार श्रेष्ठ, गौरी मल्ल, जाओ पाउलो मकाइदो र थिबाउट ब्राक पनि निर्णायकको भूमिकामा थिए । यस्तै डकुमेन्ट्रीतर्फ निर्णायकर्फ डकुमेन्ट्री फिल्ममेकर अनोमा राजाकरुणा नेतृत्वमा करुण थापा र युनी हाडी जुरी थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १२ : ५३ बजे

जुम्ला–१ मा ज्ञानेन्द्र शाहीको लिड

काठमाडौं– जुम्ला क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका

दाङ २ मा एमाले महासचिव धेरै पछाडि, रास्वपाका विपिन सुरूबाटै बलियो

दाङ- दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका

दाङ २ : रास्वपाका विपिन एमालेका शंकरभन्दा धेरै अगाडि 

काठमाडौं– दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर

आछाममा भीम रावल अगाडि, एमाले पछ्याउँदै 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार भीम रावलले सुरुवाती अग्रता

डडेल्धुरामा पनि रास्वपाका जोशीको अग्रता

अमरगढी– डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा.