कोरोना भाइरसकै संक्रमणबाट वुहान अस्पतालका निर्देशकको पनि मृत्यु « Khabarhub

कोरोना भाइरसकै संक्रमणबाट वुहान अस्पतालका निर्देशकको पनि मृत्यु


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ–कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित चीनको वुहान शहरमा रहेको अस्पतालका निर्देशक आफैं महामारीको शिकार भएका छन् ।

चीनको सरकारी टेलिभिजनका अनुसार वुहानको वुचाङ अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको हो । उनको स्थानीय समयअनुसार मंगलबार साढे १० बजे कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको हो ।

उनको मृत्युको खबर सार्वजनिक हुनुअगावै चीनका सामाजिक सञ्जालमा उनको अवस्थालाई लिएर हल्लाखल्ला फैलिएको थियो । वुहान शहर रहेको हुबेई प्रान्तमा स्वास्थ्य विभाग अन्तर्गत सत्तारुढ कम्युनिस्ट पार्टीको प्रोपागाण्डा विभागले सोमबार अबेर नै लिउको मृत्यु भइसकेको जनाएको थियो ।

त्यसलगत्तै सार्वजनिक अर्को सूचनामा लिउको परिवारका अनुसार उनी जीवितै रहेको र चिकित्सकहरुले उनको उपचार गर्न सक्दो प्रयास गरिरहेको उल्लेख गरिएको थियो ।

चिनियाँ सञ्चारमाध्यमले आधिकारिक रुपमा उनको मंगलबार बिहान मात्रै मृत्यु भएको खुलासा गरेका हुन् ।

यसअघि कोरोना भाइरसबारे सर्वप्रथम जानकारी दिने नेत्ररोग विशेषज्ञ डा. ली वेनलियाङको यही महिनाको शुरुमा कोरोना भाइरसकै कारण मृत्यु भएपछि आक्रोशसहित लाखौं मानिसले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

चीनमा हालसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १८ सय नाघिसकेको छ भने अरु हजारौं मानिस यसबाट संक्रमित छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ०१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका