गायक प्रकाश कटुवाल प्रकाउ « Khabarhub

गायक प्रकाश कटुवाल प्रकाउ


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तनहुँ – लोकदोहोरी गायक प्रकाश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । बन्दीपुरका होटल व्यवसायी लालकाजी गुरुङमाथि कुटपिट गरेको भन्दै छोरी सोनिका गुरुङले किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

सोमवार पक्राउ परेका कटुवालाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार परिवारसँग घुम्न गएका कटुवाल डुम्रेको एक होटल अगाडि गाडी पार्किङ गरेका थिए । सोही क्रममा पत्नीले वान्ता गरेपछि होटल मालिक र गायक कटुवालबीच विवाद भएको थियो ।

गायक कटुवालले धम्की दिएर पोखरातर्फ लागेको र सोही साँझ मोटरसाइकलमा आएका दुई व्यक्तिले होटलमा आएर होटल मालिक लालकाजी गुरुङको टाउकोमा रडले हानेर भागेको गुरुङलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

उक्त घटनापछि गुरुङकी छोरी सोनिकाले प्रहरीमा सोमवार उजुरी दिएकी हुन् ।

प्रहरीको हिरासतमा रहेका कटुवालमाथि प्रहरीले अनुसन्धान थालेको छ । पीडित गुरुङलाई भने उपचारका लागि पोखरा लगिएको तर पोखरामा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको छ ।

घाइते गुरुङको राजधानीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

गायक कटुवालले मोही खाउँला बोट्कामा, फूल फुल्यो केसरी, तोरी बोटैमा लगायका गीत गाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  २ : ०४ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी